आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा
वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१
2K
shares
काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
आज काठमाडौंमा विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१




















