YouTube Link

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

Facebook Link

 

काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस मनाउने भएको छ । सो अवसरमा समाजले वार्षिक साधारणसभा पनि गर्ने भएको छ । बैशाख २५ गते (भोलि) संस्कृति पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालयका मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागेको हो ।

 

समाजले कोटेश्वर बालकुमारीस्थित आफ्नै भवनमा कार्यक्रमको अन्तिम तयारी पुरा भएको समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले जानकारी दिए । कार्यक्रममा उपस्थितिका लागि देशभरका स्थानीय तहका वडा प्रतिनिधि, गाउँपालिका प्रतिनिधि, नगरपालिका प्रतिनिधि, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि, संघीय प्रतिनिधि, आजिवन सदस्य, सदस्य, कार्यसमिति सदस्य, पदाधिकारी लगायत सम्पूर्ण सुनुवार दाजुभाइ, दिदीबहिनी, आमाबुबालाई उपस्थित हुनका लागि आव्हान गरिएको समाजका सह-कोषाध्यक्ष तथा जनसम्पर्क तथा सूचना विभाग प्रमुख लुक माया सुनुवारले जानकारी दिए । साथै कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन प्रचार प्रसारलाई पनि तिव्र पारिएको सुनुवारले जानकारी दिए ।

 

२०४४ सालमा स्थापित सुनुवार सेवा समाज कोइँच (सुनुवार) हरुको प्रतिनिधिमुलक संस्था हो । संस्थाको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । जसमा उपाध्यक्षमा एसा सुनुवार, शोभा सुनुवार, चम्पक सुनुवार, केदारराज सुनुवार र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार निर्वाचित भएका थिए ।

 

महासचिवमा उत्तम कुमार सुनुवार, सचिवमा रमेश कुमार सुनुवार र महिला सचिबमा देबु सुनुवार, कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका थिए भने  सदस्यहरुमा पेसल सुनुवार, राम कुमार सुनुवार, मदन सुनुवार, राजेन्द्र सुनुवार, सावित्री सुनुवार, हरिकृष्ण सुनुवार, लिला बहादुर सुनुवार नयाँ कार्यसमितिमा चयन भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...