YouTube Link

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

Facebook Link

 

काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस मनाउने भएको छ । सो अवसरमा समाजले वार्षिक साधारणसभा पनि गर्ने भएको छ । बैशाख २५ गते (भोलि) संस्कृति पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालयका मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागेको हो ।

 

समाजले कोटेश्वर बालकुमारीस्थित आफ्नै भवनमा कार्यक्रमको अन्तिम तयारी पुरा भएको समाजका अध्यक्ष अमृत बहादुर सुनुवारले जानकारी दिए । कार्यक्रममा उपस्थितिका लागि देशभरका स्थानीय तहका वडा प्रतिनिधि, गाउँपालिका प्रतिनिधि, नगरपालिका प्रतिनिधि, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि, संघीय प्रतिनिधि, आजिवन सदस्य, सदस्य, कार्यसमिति सदस्य, पदाधिकारी लगायत सम्पूर्ण सुनुवार दाजुभाइ, दिदीबहिनी, आमाबुबालाई उपस्थित हुनका लागि आव्हान गरिएको समाजका सह-कोषाध्यक्ष तथा जनसम्पर्क तथा सूचना विभाग प्रमुख लुक माया सुनुवारले जानकारी दिए । साथै कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन प्रचार प्रसारलाई पनि तिव्र पारिएको सुनुवारले जानकारी दिए ।

 

२०४४ सालमा स्थापित सुनुवार सेवा समाज कोइँच (सुनुवार) हरुको प्रतिनिधिमुलक संस्था हो । संस्थाको १०औं राष्ट्रिय सम्मेलनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । जसमा उपाध्यक्षमा एसा सुनुवार, शोभा सुनुवार, चम्पक सुनुवार, केदारराज सुनुवार र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार निर्वाचित भएका थिए ।

 

महासचिवमा उत्तम कुमार सुनुवार, सचिवमा रमेश कुमार सुनुवार र महिला सचिबमा देबु सुनुवार, कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका थिए भने  सदस्यहरुमा पेसल सुनुवार, राम कुमार सुनुवार, मदन सुनुवार, राजेन्द्र सुनुवार, सावित्री सुनुवार, हरिकृष्ण सुनुवार, लिला बहादुर सुनुवार नयाँ कार्यसमितिमा चयन भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...