नेपालले आज आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै
वि.सं.२०८० चैत १७ शनिवार ०७:५७
1.7K
shares
काठमाडौं: टी-२० श्रृङ्खला अन्तर्गत नेपालले आज आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ । यसअघि सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो । नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले । ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे । आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए ।
नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । जितसँगै आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ । आजको खेलमा जित हासिल गर्दै नेपाललाई शृंखला बराबरी गर्ने मौका हुने छ ।
वि.सं.२०८० चैत १७ शनिवार ०७:५७



















