घण्टी बजाउँदै मिलन लिम्बूले घोषणा गरे इलामबाट उम्मेदवार

वि.सं.२०८० चैत १७ शनिवार १४:४०
1.3K
shares
काठमाडौं: सभापति रवि लामिछानेसहित इलाम पुगेर रास्वपाले मिलन लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको छ । शनिबार इलाममा कार्यक्रम गरी रास्वपाले लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो ।
उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए । उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए । इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । यहाँ एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । रास्वपाले भने प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाएको दाबी गरेको छ ।
लिम्बू यसअघि पत्रकार थिए । उनी नेकपा (माओवादी केन्द्र) निकट थिए । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो ।

वि.सं.२०८० चैत १७ शनिवार १४:४०