Texas College
YouTube Link

पर्यटनमन्त्री किरातीले सार्वजानिक गरे एकवर्षे कार्यकालको उपलब्धि, पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने (पूर्णपाठसहित)

Facebook Link

 

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । बुधबार सिंहदारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले १४ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

 

पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको मन्त्री किराँतीले बताएका छन् । उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजीकार्य अघि बढाएको बताए । पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए । उनले पर्यटक ल्याउन गरिएका पहलदेखि नीतिगत सुधारका विवरण पनि आफ्नो उपलब्धिमा समेटेका छन् ।

 

त्यस्तै पर्वतारोहण सुरक्षाको लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीआईएमएस) लागू गरिएको उल्लेख गरे । उता वर्षौंदेखि गैरकानुनी तरिकाबाट पशुपतिमा नियुक्ति गरिएका सयभन्दा बढी संख्याका सल्लाहकार खारेज गरिएको कुरालाई पनि उनले उपलब्धि भनेका छन् । उता पशुपति गौशाला धर्मशालाको सम्झौता रद्ध गरी समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरिएको पनि उपलब्धिमा उल्लेख छ ।

 

अनलाइन प्रविधिको माध्यमबाट होटल दर्ता तथा पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको मन्त्री किरातीले जनाएका छन् । त्यस्तै गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन अनलाइन प्रणालीको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 

उपलब्धि मध्ये किरातीले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा भइसकेको पनि भनिएको छ । रामग्रामको बृहत्तर विकासका लागि निजी क्षेत्रसँग साझेदारी मोडलमा कार्य अघि बढाइएको पनि उल्लेख छ ।

 

लामो समयदेखि थन्किएर रहेको चिनियाँ जहाजको लिलाम बिक्री प्रक्रिया अघि बढाइएको किरातीले उपलब्धि भनेका छन् । नेपाल वायुसेवा निगमको ऋणको सावाँ र व्याज वापतको करिब चार अर्ब किस्ता भुक्तानी गरिएको पनि उनले उल्लेख गरेका छन् ।

 

अन्य उपलब्धिहरु यस प्रकार छन्:

१) पर्यटक दुत खारेज गरि पर्यटक प्रवर्द्धक कार्याविधि स्वीकृत गरिएको,

 

२) संघीयताको मर्म/भावना अनुसार विभिन्न विकास समितिहरूलाई प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रकृयाका लागी प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरिएको,

 

३) पर्यटन दशकलाई प्रभावकारी बनाउन कार्ययोजना अघि बढाइएको,

 

४) संघ, प्रदेश र स्थानीय तह सहित विषयगत समितिको बैठक बसी पर्यटन विकासको निम्ति महत्वपूर्ण निर्यणयहरू गरिएको,

 

५) पाइलट प्रशिक्षणका लागि फ्लाइङ स्कूलहरूलाई अनुमति प्रदान गरिएको,

 

६) सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भए अनुसार विभिन्न संस्थाहरूलाई एकीकृत गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको,

 

७) संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (UNWTO) र मन्त्रालयको संयुक्त आयोजनामा एशिया तथा प्रशान्त क्षेत्रमा Tourism Satelite Account विषयक कार्यशाला काठमाडौंमा सम्पन्न गरिएको,

 

८) मन्त्रालय मातहतका विभिन्न प्रतिष्ठानहरूको रिक्त नयाँ पदाधिकारीहरू नियुक्ति गरी सम्बन्धित प्रतिष्ठानको कामलाई निरन्तरता दिइएको,

 

९) राष्ट्रिय ललितकला सम्मेलन सम्पन्न गरिएको,

 

१०) गौतमबुद्धको जन्मस्थल लुम्विनी बगैंचाको Integrated Management Framework स्वीकृत भएको,

 

११) मन्त्रालय र यस अन्तर्गतका निकायहरूको संगठन पुनसंरचना सम्बन्धमा समिति गठन गरी संगठन तथा व्यवस्थापन सर्भे (O & M Survey) कार्य भइरहेको,

 

१२) विमस्टेक (BIMSTEC) क्षेत्रको पर्यटन विकासका लागि काठमाडौंमा (BIMSTEC) स्तरीय (Working Group) को बैठकको आयोजना गरिएको,

 

१३) UNESCO को समन्वयमा रामग्राम स्तुपाको उत्तर- र-पश्चिम भागको उत्खनन् कार्य अघि बढाइएको,

 

१४) नेपाल वायु सेवा निगमबाट विषद् उद्धार नीति (Disaster Resuce Policy) स्वीकृत गरी लागु गरिएको ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...