YouTube Link

देशकै उत्कृष्ट चिकित्सक र प्रविधिद्वारा ह्याम्स अस्पतालमा मुटु रोग सम्बन्धि सेवा सञ्चालन

Facebook Link

 

काठमाडौं: अत्याधुनिक प्रविधि सहित २४सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न ‘कार्डियोलोजी बिभाग’मा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूलाई अनुबन्ध गरेको छ ।

 

मुटु रोगको उपचारमा दुई दशकदेखि सेवारत डा. रोशन राउतले ह्याम्सको कार्डियोलोजी विभागको नेतृत्व गरेका छन् । मुटुको शल्यक्रियामा डा. भगवान कोइराला, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ । कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेका छन् ।

 

एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटुरोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भएपनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा  उपलब्ध भएको कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् । उक्त सेवा (फिटल इकोकार्डिओग्राफी) मुलुकमै पहिलो पटक शुरुवात गर्ने वरिष्ठ मुटु विशेषज्ञ डा. दिवाकर शर्माले प्रदान गरिरहेका छन् ।

 

बिरामीको शल्यक्रिया सुरू हुनुभन्दा अगाडि ‘एनेस्थेसिया’ दिनुपर्ने हुन्छ, जुन मुटुरोग बिरामीका लागि संवेदनशील पनि हुन्छ । यो सेवा ह्याम्समा दशकौं देखि यसै विधामा अनुभव भएका डा. मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएका छन् ।

 

देशकै उत्कृष्ट चिकित्सक र प्रविधिद्वारा सञ्चालन

अत्याधुनिक प्रविधि सहित २४सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूद्वारा प्रदान गर्दै आएको छ । मुटुको समस्या र कारण पत्ता लगाउने र त्यसको निदानका लागि उपचार गरिने प्रविधिसहितको विशेष कक्षलाई क्याथल्याब भनिन्छ ।

 

२४ घन्टा क्याथल्याव सञ्चालनसँगै उत्कृष्ट एवं अत्याधुनिक  शल्यक्रिया कक्ष र सुविधासम्पन्न आईसीयु उपलब्ध भएका कारण बिरामीहरूका लागि ह्याम्स सुरिक्षत भएको शर्माले बताए । मुटुरोगका बिरामीको अरू स्वास्थ्य समस्या समेत हुन सक्ने र त्यस्तो अवस्थामा अन्य सबै विधाका विशेषज्ञ चिकित्सकहरूको परामर्श तथा सेवा पाइने भएकाले ह्याम्स अस्पताल बिरामीका लागि अझ प्रभावकारी र सुरक्षित रहेको शर्मा बताउँछन् ।

 

हाल नेपालमा प्रचलित मुटुरोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध भएको अस्पतालका कार्यकारी निर्देशक बताउँछन् । मुटु रोगकै मात्र उपचार गर्ने विशेष अस्पतालमा समेत नभएको मुटुरोगसम्बन्धी सेवा ह्याम्स अस्पतालमा उपलब्ध छ  । औषधिको सेवनबाट पनि मुटुको चाल नियमित नभएमा थ्री डी म्यापिङ मार्फत इलेक्ट्रोफिजीयोलोजीको सेवा दिइन्छ । नेपालमा यस सम्बन्धी सेवा दिने एकमात्र चिकित्सक वरिष्ठ डाक्टर रोशन राउत ह्याम्स अस्पतालमा कार्यरत छन् ।

 

मुटुको रक्तनलीको जाँच (एन्जियोग्राम), मुटुको चाल कम (हार्ट ब्लक) भएकाहरूलाई पेसमेकर राख्ने जस्ता उपचारहरू बिना शल्यक्रिया नै ह्याम्सको क्याथल्याबमा गरिन्छ । मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने ह्याम्स अस्पतालले सर्वसुलभ मूल्यमा उपचार गर्दै आएको अस्पतालको विज्ञप्तिमा जनाइएको छ।  मुटु सम्बन्धी उपचार दिदै आएका देशका विभिन्न सरकारी अस्पतालसंग दाज्न मिल्ने शुल्कमा सेवा प्रदान गरिरहेको डा. शर्मा बताउँछन् ।

 

नेपाल सरकारले मुटुरोगका बिरामीलाई प्रदान गर्ने एक लाख रुपैयाँ बराबरको सहुलियत सेवा ह्याम्समा उपचार गर्दा समेत प्राप्त गर्न सकिन्छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७३ (दोस्रो संशोधन), २०७३ बमोजिम ह्याम्स अस्पतालले २०८० साल असार महिनादेखि मंसिर मसान्त सम्ममा ३१ जना मुटु रोगका बिरामीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने एक लाख बराबरको सहुलियतमा सेवा प्रदान गरिसकेको छ । यसले देशका अधिकांश सुगम तथा दुर्गम भुभागका गरिब तथा विपन्न नागरिकहरू लाभान्वित भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...