YouTube Link

बल्खुमा महिलाको हत्या प्रकरणः ६ वर्षपछि दुई जना पक्राउ

World Cup 2026
Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्घाखाँची सितगंगा नगरपालिका-१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लोपोखराका ४६ वर्षीया शिवराम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

 

अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । उनले नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीको भनाइ छ । विक भने विदेशबाट फर्किँदा विमानस्थलबाटै पक्राउ परेका हुन् । २०७४ पुस ३० गते काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत भेटिएको र अनुसन्धानको क्रममा उनी नारायणी तिमल्सिना (अप्सरा) रहेको पत्ता लागेको थियो ।

 

अनुसन्धान अधिकृत सुरक्षा केसीका अनुसार मृतक अप्सरासँग जगत विकको चिनजान घटनाकै दिनमात्र भएको थियो । प्रहरीका अनुसार शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग विवाह गराइदिन्छु भन्दै १५/२० हजार रूपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनू भनी फोन गरी बोलाएका थिए । राति शिवराम र जगत विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद निकालेर गोंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेको साथै भोलिपल्ट बिहानै गाडीमा पूर्वतिर फरार भएको प्रहरीको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...