YouTube Link

बाराको गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु

Facebook Link

बारा: बाराको गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । प्रचार बिना नै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो मेला मानिन्छ ।

पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् । मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि गढीमाइका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । यस पटक एक करोड दर्शनार्थी गढिमाई पुग्ने गढीमाई मुल व्यवस्थापन समितिले जनाएको छ ।

पुजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुंर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने छ । रातको २ बजे देखि पूजा प्रारम्भ गरी दियो प्रज्वलित भएपछि लगतै हाँसको ५ वटा अण्डा बली दिइ अण्डामै त्रिशूल गाडिने छ अनि ५ बटा रागां मन्दिरकै मौलामा बली गरेपछि भाकल गरी ल्याएका श्रद्धालुहरुको पशु बली खुल्ला हुने प्रचलन छ । पन्ध्र सय सुरक्षाकर्मी, राष्टिय राजमार्गबाट ६ बटा बाटो, सिमा नाकामा व्यापक चेकजाँच गस्ती, दमकल, एम्बुलेन्स, ५ सय स्वयंसेवक, ६ सय शौचालय, विद्युत, पानी, सयौ निःशुल्क पंडालहरु समितिले व्यवस्थापन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...