YouTube Link

सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्सको विजयी सुरुवात

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा हिजो भएको पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै कर्नाटकाले विजयी सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुल्सले १० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन जोड्दा कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले ३ विकेट लिए । पाट ब्राउन र अहमेद राजाले २/२ विकेट लिए । बुल्सविरुद्ध सन्दीपले २ ओभर बलिङ गर्दै १ विकेट लिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै मुहमद उस्मानलाई ८ रनमा आउट गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । यस्तै सफिकउल्लाहले ३४ तथा जोनसन चार्ल्सले १३ रन बनाए । ब्याटिङतर्फ सन्दीप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले २ विकेट लिए । जितसँगै समूह ‘ए’ को कर्नाटकाले १ खेलमा २ अंक जोडेको छ । र, कर्नाटका तेस्रो स्थानमा छ । बुल्स २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...