YouTube Link

विश्वकपको उपाधि अस्ट्रेलियाले चुम्यो, भारत ६ विकेटले पराजित

Facebook Link

 

एजेन्सी: अस्ट्रेलियाले घरेलु टोली तथा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप २०२३ को उपाधि जितेको छ । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

 

जितसँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ । सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो । त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो । १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो ।

 

सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो । त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो । ८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्‍यो ।

 

अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा तुहियो । यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...