YouTube Link

भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

World Cup 2026
Facebook Link

 

एजेन्सी: घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

 

भारतका लोकेश राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि तेस्रो विकेटको पतनपछि खेलमा संघर्ष गरेको थियो ।

 

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए । स्पिनर ग्लेन म्याक्सवेलको १०औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । त्यसपछि कुनैपनि भारतीय ब्याटरले राम्रो गर्न सकेनन् ।

 

प्याट कमिन्सको १०औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए । चौथो विकेटका लागि १०९ बलमा ६७ रनको साझेदारी गरेका थिए । प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए ।

 

कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

 

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...