YouTube Link

एनएफपिजे र सम्यक डाइग्नोष्टिकबीच इन हाउस टेस्ट छुट सम्बन्धि सम्झौता

Facebook Link

 

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र सम्यक डाइग्नोष्टिक प्रा.लि. बीच सम्झौता भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्यहरूलाई सबै इन हाउस टेस्टहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

 

बुधबार सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतम र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)का वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनफपिजेका सदस्य र परिवारका सदस्यहरू (बुवा, आमा, पति/पत्नी, बच्चाहरू) को प्याथोलोजी र बायोकेमिस्ट्री परीक्षणहरूमा संस्थामा उपलब्ध सबै इन हाउस टेस्टहरूमा ३० प्रतिशतसम्म सहुलियत पाउने उल्लेख गरिएको छ ।

 

 

सम्झौता कार्यक्रममा सम्यक डाइग्नोष्टिकको तर्फबाट अध्यक्ष डा. केयूर गौतम, डा. देभिश प्याकुरेल  र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)को तर्फबाट वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठ, कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ लगायत सदस्यहरू उपस्थिति रहेको थियो ।

 

एनएफपीजे २०५३ सालमा स्थापना भई देशभरका क्रियाशील फोटो पत्रकारहरुको छाता सङ्गठनको रुपमा कार्य गर्दै आइरहेको संस्था हो । संस्थाले मुख्यतया फोटो पत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ । सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । नेपालमा प्रयोगशाला सम्बन्धी नवीन प्रविधी भित्र्याउन पनि सम्यकले भूमिका खेल्दै आएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...