YouTube Link

आज नोभेम्बर १४, विश्व मदुमेह दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै

Facebook Link

काठमाडौं: आज नोभेम्बर १४, विश्व मदुमेह दिवस ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदै छ । मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हुँदै गएको मधुमेहलाई रोक्न परिवारसँग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो ।

नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिस मधुमेहबाट पीडित रहेको अनुमान गरिएको छ । हरेक परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ । मधुमेह वंशाणुगत रोग भएकाले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि यो रोग हुनसक्ने चिकित्सकहरुको भनाई छ ।

बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको छ । यस्तै धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने छ । खानपानको वातावरण, जङ्कफुड खाने बानी, बिना परिश्रमको शहरी जीवन, मोटोपन आदि मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको चिकित्सकहरुको भनाइ छ । अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरीरहन चिकित्सको सुझाव छ ।

चिकित्सहरुको अनुसार यसवाट बच्न बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजनको प्रयोग गर्ने, रोग लाग्नासाथ यसलाई नियन्त्रणमा राख्नुपर्ने छ । मधुमेहलाई हेलचेक्राईं गरेर बस्दा मिर्गौला ‘फेल’ हुने, मुटुको रोग, पक्षघात, अन्धोपन, अल्सरजस्ता रोगले सताउँदै जाने भएकाले मधुमेह भएको अवस्थामा बढी सतर्कता अपनाउनु जरुरी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...