Texas College
YouTube Link

स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी

Facebook Link

काठमाडौं: मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । रिक्त ४८ पदका लागि बुधबार मनोनयन दर्ता कार्यक्रम थियो । निर्वाचन आयोगका अनुसार राजनीतिक दलका २ सय १७ र स्वतन्त्र ६४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ३५ जिल्लाका ४४ स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, गाउँपालिकाका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ पदका लागि उपनिर्वाचन हुन लागेको हो । महिला उम्मेदवारको संख्या २६ छ । धरान उपमहानगरपालिकाको प्रमुखका लागि एक महिलासहित २३ जनाको उम्मेदवारी परेको छ । नेकपा, कांग्रेस, समाजवादीलगायत दलबाट १३ र स्वतन्त्र १० गरी २३ जनाले उम्मेदवारी दर्ता गरेका छन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा ६ जनाले पाँचथरको फाल्गुनान्द गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै फिदिम नगरपालिका १ को अध्यक्षमा ७ र हिलिहाङ गाँउपालिका ७ को अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

मोरङको धनपालथान गाउँपालिका २ को अध्यक्षका लागि ७ जना खोटाङको साकेला गाउँपालिका ३ को अध्यक्षमा ४, भोजपुरको पौवादुङ्मा गाउँपालिका १ को अध्यक्षमा ३ उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ को महोत्तरी पिपरा गाउँपालिका अध्यक्षमा २०, बलवा नगरपालिकाको २ र ८ को अध्यक्षमा २० र मटिहानी नगरपालिका ६ को अध्यक्षका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसै सर्लाहीको हरिपूर्वा नगरपालिका १ को अध्यक्षका लागि दुई जना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ । चितवन भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा रिक्त ३ वडा अध्यक्षका लागि ६ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ५ को अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ५ मा रिक्त रहेका ९ वडा अध्यक्षको उपनिर्वाचनका लागि मनोनयन दर्ता भएको छ। प्युठानमा ३ सहित बाँके, रोल्पा, कपिलवस्तु, दाङ, गुल्मी र अर्घाखाँचीमा १/१ वडा अध्यक्ष पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । बाँकेको कोहलपुर नगरपालिका-६ को वडा अध्यक्षमा ५ दलले उम्मेदवार उठाएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा १२ जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनमा सीके राउतको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । सीकेको पार्टी पहिलो पटक चुनावमा सहभागी भएको छ ।

कर्णाली प्रदेशको हुम्ला खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तीन दलले र कुमाख गाउँपालिकाको वडा नम्बर ५ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीका तीन स्थानीय तहका ३ वडामा ८ जनाको उम्मेदवारी परेको छ । सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४ र पुर्चौंडी नगरपालिका ४ मा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको हो । त्यसै कञ्चनपुर पुनर्वास नगरपालिका ३ को अध्यक्षका लागि ५, डोटीको आदर्श गाउँपालिका २ को अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ भने बाजुराको त्रिवेणी नगरपालिका १ को अध्यक्षका लागि ३ जनाले उम्मेदवारी परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...