YouTube Link

‘कल गर्ल’ भन्दै ‘डील’ गर्ने दुई जना पक्राउ

Facebook Link

 

काठमाडौं: इन्स्टाग्रामबाट युवतीको फोटो निकाली दुरुपयोग गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो । उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएका थिए । उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न युवतीहरूको फोटो निकाल्ने र विभिन्न व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

 

त्यसपछि उनीहरूले युवतीको फोटो पठाएर निश्चित पैसा र स्थान बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूले विभिन्न पुरुषहरूलाई बार्गेनिङ भएको रकममध्ये आधा पैसा पाएपछि युवतीलाई तोकिएको स्थानमा पठाउने भन्दै म्यासेज पठाउँथे । कतिपय पुरुषले उनीहरूले भनेबमोजिम आधा पैसा दिन्थे तर तोकिएको स्थानमा युवती पुग्दैनथिन् । आधा पैसा पाएपछि उनीहरूले ह्वाटसएपमा ती पुरुषलाई ब्लक गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरूले कल गर्ल चाहिएमा निश्चित ह्वाटसएप नम्बर सामाजिक सञ्जालमा राखेका थिए । महिलाको फोटो छनौट गरेपछि अनलाइनमार्फत् पैसा तिर्नुपर्ने समेत सामाजिक सञ्जालको ग्रुपमा सूचना राखेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...