Texas College
YouTube Link

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

Facebook Link

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुने भएको हो । महोत्सव आज र भोलि दुई हुने प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६ मूल समारोह समितिले जानकारी दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउदै मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वबारे प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । भुम्लुमा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बीचमा पनि मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र रहि आएको छ । दशैं, हरिबोधिनी एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने यस क्षेत्रको उचित प्रवर्द्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको समारोहका संयोजक समितिले जनाएको छ ।

हरियाली सुन्दरताका सथा भौगोलिक रुपमा उचाई भुभागमा अवस्थित रमणीय भिमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृष्य सति गणेश, जुगल, गौरीशंकार आदि हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको नजिक रुपमा दुष्यावलोकन गर्न सकिन्छ । भिमसेनस्थान क्षेत्रमा व्यवस्थित रुपमा पर्यटकीय पुर्वाधारको विकास गरी आम रुपमा प्रचार प्रसार गर्न सकिएमा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेछ ।

भुम्लुका स्थानीय संघ, संस्था, बुद्धिजीवि, समाजसेवी एवं प्रबुद्ध नागरिकहरुको प्रयासमा स्थानीय सरकार (भुम्लु गाउँपालिका) को सहयोग, सरसल्लाह, परामर्श एवं स्वीकृतिमा भिमसेनस्थान प्रांगनमा प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६ को आयोजना गरेको महोत्सवका संयोजक अनिल कुमार बुढाथोकीले बताए ।

महोत्सवको उद्घाटन प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री दावादोर्जे लामाले गर्ने छन भने समापन कार्यक्रममा प्रदेश ३ का सांसद लक्ष्मण लम्सालले गर्नेछन । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संगीतिक प्रस्तुति हुनेछ भने स्थानीय उत्पादनहरुको स्टल, एवं खाद्य पदार्थहरुको स्टल रहनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...