सिंगापुरविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल
वि.सं.२०८० कात्तिक १३ सोमवार ०९:०३
3.2K
shares
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्ध हुने खेलमा घरेलु टोली नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।
नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ । प्रतियोगिताका खेलहरु कात्तिक १३ देखि १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछन् ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन । उता सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । उनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा टोलीको जित सहज बन्नसक्छ ।
तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् । २०१९ मा टिम डेविड अष्ट्रेलिया लागेपछि सिंगापुरको टोली कमजोर बनेको छ ।
नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
वि.सं.२०८० कात्तिक १३ सोमवार ०९:०३




















