सेमिफाइनलमा आज नेपाल र जापान भिड्दै
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:१०
1.6K
shares
काठमाडौं: एसीसी अन्डर-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग भिड्दैछ । मलेसियाको बायोमास ओभलमा खेल बिहान सवा ७ बजे सुरु हुनेछ ।
नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ ।
नेपालले समूह चरणका तीन वटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ रनले पराजित गरेको थियो ।
एसियाका १६ एसोसिएट टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा पाकिस्तानमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कपमा स्थान बनाउने छन् ।
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:१०




















