YouTube Link

युएईविरुद्ध १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा नेपाल

Facebook Link

 

काठमाडौं: टी-२० त्रिदेशीय सिरिजको पहिलो खेलमा युनाइटेड अरब इमिरेड्सले (युएई) ले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो ।

 

युएईका लागि वसिल हमीदले अर्धसतकीय पारी खेले । ३८ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै उनले ५१ रन बनाएका हुन् । ओपनर खालिद साह रनको खाता नै नखोलि आउट हुँदा कप्तान मोहम्मद वासिमले १८ बलमा १७ रन जोडे । आसिफ खान १५, अलि नासिर ३२ रनमा आउट हुँदा अलिसान सराफुले ६ रनको योगदान गरे । सन्चित शर्मा २ र निलान्स केसवानी ४ रनमा नटआउट रहे ।

 

नेपालका लागि करण केसीले ३ तथा गुल्सन झाले २ विकेट लिए । सोमपाल कामी र अभिनास बोहराले एक एक विकेट हात पारे । युएईविरुद्ध डेब्यू गरेका मौसम ढकालले २ ओभरमा १४ रन खर्चिए पनि विकेट लिन सकेनन् । १४१ रनको लक्ष्यसहित नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...