आज नवदुर्गामध्येकी माँ ब्रह्मचारिणीको पूजाआराधना गरिँदै
वि.सं.२०८० असोज २९ सोमवार ०६:५१
1.5K
shares
काठमाडौं: नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको पूजाआराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ ।
तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ । यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ । आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।
नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।
वि.सं.२०८० असोज २९ सोमवार ०६:५१



















