YouTube Link

चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टर नर्सहरु रहँदैनन्: स्वास्थ्यमन्त्री बस्नेत

Facebook Link

 

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।

 

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए ।

 

ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो ।

 

स्वास्थ्य क्षेत्रमा देखिएका अभाव र बेथिति रोक्न निरन्तर लागिरहेको बताउँदै मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि सरकारी अस्पतालका सेवामा आमूल परिवर्तन भइरहेको उल्लेख गरे । अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेको तथ्याङ्क आफूसँग भएको जानकारी दिँदै उनले एक सय दिनमा एक सय सात काम गरेर देखाएको बताए ।

 

‘आफू स्वास्थ्यमन्त्री भएर आएपछि वीर अस्पतालको सुधारदेखि गाउँगाउँमा डाक्टर पुगेको, मेडिकल बोर्डमा उल्लेख्य सुधार भएको, अनुमति नलिइ सञ्चालनमा आएका फार्मेर्सीमा कारबाही गर्न सुरु भएको, सरकारी अस्पताललाई आफैँ अनिवार्य फार्मेसी सेवा सुरु गर्ने वातावरण बनाइएकोलगायत कामहरु भएका छन्’, मन्त्री बस्नेतले भने । अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक परिवर्तन देखिने बताउँदै उनले आधारभूत स्वास्थ्य सेवा दिने सन्दर्भमा नीतिगत मात्र नभई कार्यान्वयनका पक्षमा पनि आफू अहोरात्र लागिपरेको जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...