YouTube Link

इजरायलतर्फ हमासले गर्‍यो २० मिनेटमा पाँच हजार रकेट प्रहार

Facebook Link

 

एजेन्सी: शनिबार बिहान इजरायलमा ठूलो हमला भएको छ । गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ ।

 

हमासका प्रमुख मोहम्मद डाइफले आक्रमणपछि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सक्षम छौं भनी घोषणा गर्ने निर्णय गरेका छौं ।’ हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ । ‘हामीले दुश्मनलाई पहिले नै चेतावनी दिएका छौं । इजरायलीले हाम्रा नागरिकहरू विरुद्ध सयौं नरसंहार गरेका छन् । यस वर्ष उनीहरूका कारण सयौं मानिस शहीद र घाइते भएका छन्’, डाइफले भने, ‘हामी अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्छौं । हामी घोषणा गर्छौं कि दुश्मनको लक्ष्य, एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमणमा, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरिएको छ ।’

 

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन् । इजरायलले पनि दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ । यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन् । यी रकेट हमलाहरू पछि, इजरायलको ठूलो क्षेत्रहरूमा चेतावनी साइरन सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...