YouTube Link

सिरियाको सैन्य एकेडेमीमा ड्रोन आक्रमणबाट सयौको मुत्यु

Facebook Link

 

एजेन्सी: सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा परि सयौ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ ।

 

उक्त हमलामा परि सयौ घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । हमलामा परेकामध्ये कम्तीमा सयौको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् ।

 

सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको उल्लेख गरेको छ । सेनाले हमलामा सैन्य कर्मचारी तथा सर्वसाधारण मारिएको तर कति हताहत भए भन्नेबारे विवरण उपलब्ध गराएको छैन । हमलामा महिला तथा बालबालिका पनि घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

सिरियाली सेनाले आक्रमणकारीको पहिचान गर्न नसकेको भएपनि ‘ज्ञात अन्तर्राष्ट्रि पक्षहरूको समर्थनप्राप्त आतङ्ककारी’ समूहले गरेको भन्दै यसको कडा जवाफ दिने बताएको छ । यसैबीच सिरियाका लागि मानवअधिकार अनुगमन संस्थाले उक्त आक्रमणमा दर्जनौ बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । आक्रमणमा सिरियाली रक्षामन्त्री पनि उक्त समारोहमा रहेको सो संस्थाले बताएको छ ।

 

आक्रमणस्थलबाट घाइतेहरूलाई एम्बुलेन्सहरूले स्थानीय अस्पतालतर्फ दौडाइरहेको देखिएको पनि उक्त संस्थाले जनाएको छ । सिरियाले पछिल्लो समयमा बढ्दो ड्रोन आक्रमणको सामना गर्दै आएको छ । विद्रोही समूहले सरकारी प्रतिष्ठान तथा पूर्वाधारहरूमा आक्रमण गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...