YouTube Link

एनआरएनए उपाध्यक्षका उम्मेदवार डा. केशब पौडेल आफ्नो पक्षमा माहोल बनाउन मतदातासँगको भेटघाटमा व्यस्त

Facebook Link

 

काठमाडौं: गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् ।

 

चुनावको माहोलकाबीच गैरआवासीय नेपाली संघका निवर्तमान महासचिव डा. केशब पौडेलले उपाध्यक्षको उम्मेदवारी घोषणा गरी देशव्यापी मतदाता भेटघाटमा व्यस्त भएका छन् । लामो समयदेखि राजनीतिक साामाजिक क्षेत्रमा क्रियाशिल डा. पौडेलले एनआरएनएको उपाध्यक्षको भएर संघलाई रुपान्तरण गर्ने योजना अघि सारेका छन् ।

 

तनहुँको विकट गाउँमा जन्मिएका पौडेल नेपालमा रहदा पनि राजनीति र सामजिक सेवामा सदैव अग्रसर अग्रणी भूमिकामा थिए । चिकित्साशास्त्र अध्यायनसँगै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय क्रियाशिल रहेर काम गरेका थिए ।

 

राजनीतिमा आवद्ध भएर नेपालको परिवर्तनकारी सबै आन्दोलनमा अहम भूमिका निर्वाह गरेका डा. पौडेल शिक्षण अस्पताल आइओएम नेपाल विद्यार्थी संघको तर्फबाट दुईपटक स्वबियु सभापति भएका थिए । नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा र नेता गुरु घिमिरे नेपाल विधार्थी संघको अध्यक्ष रहेका बेला दूई पटका केन्द्रीय सदस्य समेत बनेका थिए । नेपालमा रहदा राजनीतिक तथा सामाजिक क्षेत्रमार्फत विभिन्न तहको नेतृत्व सफलतापूर्वक निर्वाह गर्नुभएका डा. पौडेलले संयुक्त राज्य अमेरिकालाई कर्मभूमि बनाएपछि पनि निरन्तर जनसेवामा लागिरहेका छन् ।

 

सामाजिक संस्था गैरआवासीय नेपाली संघ अमेरिकाको दुईपटक अध्यक्षमा निर्वाचित हुँदै गैरआवासीय नेपाली संघ केन्द्रीय समितिको महासचिवको भुमिका समेत अत्यन्तै स्मरणयोग्य रहेको एनआरएनएका मतदाताहरुले बताएका छन् । उनी उपाध्यक्षका उम्मेदवार बनेसँगै देशव्यापीरुपमा मतदाता भेटघाटको अभियानलाई तिब्रता दिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...