सिनामंगलस्थित केएमसीमा चिकित्सकमाथि कुटपिट
वि.सं.२०८० असोज १४ आइतवार १४:३२
2.7K
shares
काठमाडौं: काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डा. मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन् ।
बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा. खड्कामाथि हेलमेट प्रहार गरेका हुन् । डा. खड्कामाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । थप जाँचका लागि सिनियर डाक्टर आउँदै हुनुहुन्छ भन्दाभन्दै बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ गरेको भन्दै आफूमाथि आक्रमण गरेको डा. खड्काले बताए ।
उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलित चिकित्सकबीच ६ बुँदे सहमति भएको थियो ।
यसअघि पोखराको मणिपाल अस्पताल, हेटौडाको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो । बिरामीकै उपचारमा खटिएका चिकित्सकमाथि पटकपटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए ।
वि.सं.२०८० असोज १४ आइतवार १४:३२



















