YouTube Link

एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा

Facebook Link

 

काठमाडौं: नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

सर्वसम्मत अध्यक्ष चयनका लागि सहमतिको प्रयास भएपनि सम्भव नभएपछि आज मतदान हुने भएको छ । रामेछाप एमालेका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेल र हिदम लामाको प्रस्ताव र देवकृष्ण विकलको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

 

एमालेको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल बागमती प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् भने दाहाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

 

यो निर्वाचन प्रत्यक्ष रुपमा ढुंगेल र दाहालबीचको प्रतिस्पर्धा देखिएपनि अन्तर्यमा युवा नेताहरु गोकुल बास्कोटा र महेश बस्नेतबीचको टक्कर देखिएको छ । बस्नेतले ढुंगेललाई अघि सारेका छन् भने बास्कोटाको समर्थनमा दाहाललाई अगाडि सारेका हुन् । यो निर्वाचनलाई यी दुई नेताको शक्ति परिक्षणका रुपमा लिईएको छ ।

 

एक नेताका अनुसार बास्कोटा अध्यक्ष मण्डलमा रहदा बस्नेत भने अध्यक्ष मण्डलमा अटाउन सकेनन् । बस्नेतलाई अध्यक्ष मण्डलबाट आउट गर्न बास्कोटा सफल भएको चर्चा छ । त्यसो त केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नेताहरूलाई जिल्लामा खटाउने निर्णयको चर्को बिरोध गरेका बास्कोटा अन्ततः सचिवालयको निर्णय अनुसार सिन्धुपाल्चोकमा खटिए ।

 

त्यसबेला समाजबादीका नेता सुभाष कर्माचार्य लागायतको जिल्लाका नेतालाई एमालेमा भित्र्याउने काम गरे । अहिले सिन्धुपाल्चोकको समाजबादीको सिंगो जिल्ला कमिटी एमालेमा समाहित गर्ने तयारी गरे । बास्कोटाले कर्माचार्यलाई सचिब बनाउन चाहान्थे तर चाहाना पूरा गर्न नसक्दा बास्कोटा चिप्लिएको चर्चा छ ।

 

यसै सन्दर्भमा बास्कोटाले महासचिव शंकर पोखरेललाई भेटेर झाको झारेको बताईन्छ । किनकी कर्माचार्यहरुलाई भित्र्याउदा बास्कोटाले पोखरेललाई प्रमुख अतिथि मात्र बनाएनन् बालकोटको ग्रीन सिग्नल र पोखरेलको बाचा बन्धन कर्माचार्यलाई सेट गर्ने भन्ने थियो तर पोखरेलले कर्माचार्यलाई सचिब बनाउन नसकिने बताएपछि पोखरेलसँग बास्कोटा पड्किएको बताईन्छ । त्यसैलाई ईंगित गर्दै बास्कोटाले सामाजिक संजालमा समेत असन्तुष्टि ब्यक्त गरेका छन् ।

 

त्यसो त अध्यक्षका उम्मेदवार ढुँगेल महासचिव पोखरेल निकट मानिन्छन् । जस्लाई बस्नेतको साथ छ भने उपाध्यक्ष बिष्णु पौडेल निकट मानिएका दाहाललाई बास्कोटाको समर्थन छ । केन्द्रमा बस्नेत उपाध्यक्ष पौडेल निकट र बास्कोटा महासचिव पोखरेल निकट भनेर चिनिदै आएका छन् । तर बस्नेत र बास्कोटाबीच यो अधिवेशनमा भने यसको उल्टो कित्ताकाट हुन पुगेको छ । पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनमा उनीहरुको अबको राजनीति कसरी अघि बढाउछन त्यो हेर्न बाँकी नै छ ।

 

निर्वाचन समितिले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशन गरेको छ । मतदान आज बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...