YouTube Link

‘एचपीभी’ खोप अभियानको समयावधि शुक्रबारसम्म थपियो

Facebook Link

 

काठमाडौं: किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।

 

खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जानकारी दिएको छ । शाखाका अनुसार लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको जनाएको छ ।

 

गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको खोप शाखाले जनाएको छ । शाखाका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएका छन् ।

 

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ९ हजार ९ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि ‘एचपीभी’ खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।

 

मन्त्रालयले सबै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।

 

सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा ‘एचपीभी’ खोप उपलब्ध रहेको छ ।

 

खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । ‘एचपीभी’ खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

 

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...