YouTube Link

लिबियामा तटबन्ध भत्किँदा डेर्ना शहर अस्तव्यस्त, मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो, हजारौँ परिवार विस्थापित

Facebook Link

 

एजेन्सीः आँधीसँगै आएको बाढीले पुराना दुई बाँध भत्किएपछि लिवियाको डेर्ना शहर अस्तव्यस्त बनेको छ । हजारौँ भवन भग्नावशेषमा परिणत भएका छन् । हालसम्म देशभर ५ हजार दुई सय भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

 

शहरको आधा भाग पानीमा डुबेको छ । बाढीले शहर नै डुबाएपछि मानिस घरभित्रै थुनिएका छन् । बाढीमा बगिरहेका शवको समेत व्यवस्थापन गर्न नसकेएको स्वास्थ्यमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् ।

 

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिसको मृत्यु भएको अधिकारीहरूले अनुमान गरेका छन् । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १० हजार मानिस बेपत्ता भएको बताए ।

 

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन् । लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन् । बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कुल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए । हजारौँ परिवार विस्थापित भएका छन् ।

 

डेर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी–डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...