YouTube Link

टाटाका बहुप्रतिक्षित तीन वटा गाडीहरु सार्वजनिक

World Cup 2026
Facebook Link

 

काठमाडौं: टाटा मोटर्स प्यासेन्जर भेहिकलद्वारा नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीन वटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।

 

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ ।

 

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।

 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता, प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायिता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।

 

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ ।

 

SN Model MRP
1 Tiago EV MR XE 21,99,000
2       Tiago EV MR XT 22,99,000
3       Tiago EV LR XT 25,49,000
4       Tiago EV LR XZ± 26,99,000
5       Tiago EV LR XZ± Tech 27,99,000

 

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य   विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ ।

 

सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।  नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।

 

SN Model MRP
1       Nexon EV Max XZ± 45,99,000

 

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नयाँ युग सुहाँउदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । टियागो इभीको बजार मूल्य यसप्रकार रहेको छ ।

 

SN Model MRP
1       PUNCH Pure 33,99,000
2       PUNCH Adventure MT 37,49,000
3       PUNCH Accomplished MT 40,49,000
4 PUNCH Creative MT 43,49,000

 

नेपालकै  प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरु नेपाली ग्राहकहरु समक्ष प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको टाटा मोटर्सको इन्टरनेशनल विजनेश हेड मयंक वाल्डीले भने ‘हरित यातायातको  विकासमा  निरन्तर नँया÷नँया आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ । त्यसैगरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो ‘एसयुभी पोर्टफोलियो’ लाई थप बलियो एवं बृहत बनाउदै जाने प्रयासलाई दर्शाउछ । यी दुवै गाडीहरुले नेपाली ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ ।’

 

त्यसैगरी सिप्रदी  ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको  ड्राइभिङ्ग अनुभवलाई  नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस भएको बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...