तीन सचिवको सरुवासँगै ३१० अस्थायी दरबन्दी स्वीकृत
वि.सं.२०८० भदौ २२ शुक्रवार १९:०४
2.4K
shares
काठमाडौं: मन्त्रिपरिषद्को बिहिबारको बैठकले तीन सचिवको सरुवा गरेको छ । आज सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन पनि गरेको छ । यस्तै सरकारले विभिन्न मन्त्रालयमा ३१० अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ ।
वि.सं.२०८० भदौ २२ शुक्रवार १९:०४




















