YouTube Link

पेनाल्टीमा चुक्दा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा रोकियो

Facebook Link

 

काठमाडौं: नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । खेलको ५८औं मिनेटमा अन्जन विस्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँग गोलरहित बराबरी रोकिएको हो ।

 

यंगोन अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपाल जितबाट चुकेको हो । दुवै टिमले त्यस बाहेकका अवसरहरुको सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा भने नेपालले त्यही पेनाल्टी अवसर बाहेक अरु उल्लेखनीय अवसर सृजना गर्न सकेन । ८७औं मिनेटमा आशिष चौधरीले बक्स बाहिरबाट गरेको प्रहार नै नेपालको सबैभन्दा राम्रो अवसर रह्यो ।

 

म्यानमारका खेलको अन्तिमतिर राम्रो अवसर पाएको थियो । नेपालका प्रशिक्षक अनेसेले यस खेलमा जिल्लेस्पी जीलेस्पी जंग कार्कीलाई पहिलो रोजाइमा राखेर अन्तर्राष्ट्रिय खेलको मौका दिएका थिए । अर्का फरवार्ड हिसुब थपलियाले पनि ८३औं मिनेटमा अञ्जन विस्टको स्थान लिँदै नेपालका लागि डेब्यु गरेका थिए । अनेसेले फरवार्ड आशिष चौधरी लाई लेफ्ट-ब्याकको भूमिकामा उतारेका समेत थिए । यो दुई टोली बीच अर्को मैत्रीपूर्ण खेल यसै रंगशालामा सेप्टेम्बर ११ मा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...