Texas College
YouTube Link

नेपालको विजयी सुरुआत, मलेसिया पाँच रनले पराजित

Facebook Link

 

काठमाडौं: आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई नेपालले ५ रनले पराजित गरेको छ । क्लालाम्पुरस्थित बायमास ओभलमा नेपालमाथि ८५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो ।

 

मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले  सर्वाधिक २८ रनको योगदान गरिन् । त्यस्तै एइना हमिजाले १४ रन बनाइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २-२ विकेट  लिए । रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १-१ विकेट लिए ।

 

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।  नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन् । उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन् ।  कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो ।

 

नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्‍याए । नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो । नेपालका ३ खेलाडी शून्यमा आउट भए ।

 

मलेसियाकी अइना हमिजले २ तथा इजाती इस्माली र निक नुरले समान १-१ विकेट लिए ।  नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ ।

 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...