सन्दीपले दिलाए नेपाललाई चौथो सफलता
वि.सं.२०८० भदौ १३ बुधवार १७:१५
3.4K
shares
काठमाडौं: एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् ।
उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे । यसअघि २३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे । रिजवान ४४ रनमा आउट भएका हुन् । तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाए ।
सोमपालले सातौँ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाए ।
त्यसअघि अलराउण्डर करण केसीले एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका थिए । करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियन पठाएका थिए ।
मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।
वि.सं.२०८० भदौ १३ बुधवार १७:१५



















