रास्वपा संसदीय दलको बैठक बस्दै
वि.सं.२०८० भदौ ८ शुक्रवार १२:१८
1.7K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा साँझ ५ बजे बस्नेछ ।
बैठकका लागि तीन एजेन्डा तय गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘एजेन्डारू विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्ताव र आगामी संसदीय गतिविधि तय गरिएको छ’, उनले भने ।
बैठकमा दलको नेता रवि लामिछानेबाट समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ र संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्ने तयारी भएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् । यही भदौ ११ गते संसद्का विषयगत समितिका सभापति चयनका लागि निर्वाचन हुँदै छ ।
वि.सं.२०८० भदौ ८ शुक्रवार १२:१८




















