YouTube Link

साउदी क्लब अल नासर च्याम्पियन्स लिगमा छनोट

Facebook Link

 

एजेन्सी: साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गरेको छ ।

 

च्याम्पियन्स लिग छनोटका लागि प्लेअफमा अल नासरले ८७औं मिनेटसम्म २-१ ले पछाडि परेको थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

 

अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे । पराजित शबाब अल-अहलीका लागि याह्या अल-घासानीले दुई गोल गरेपनि टोलीलाई जिताउन सकेनन् ।

 

अल-नासरले खेलको ११औं मिनेटमा टालिस्काले ब्रोजोभिचको उत्कृष्ट पासमा हेड गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर अल–नासरले अग्रता धेरै बेर टिकाउन सकेन । ७ मिनेटपछि अल-अहलीले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

 

दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल-अहलीले खेलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा याह्या अल-घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

 

क्रिस्टियानो रोनाल्डो र सडियो माने आक्रमणमा रहेको अल-नसार त्यसपछि निकै आक्रमक प्रस्तुत भयो । लगातारको आक्रमण असफल भएपनि निर्धारित समयको ३ मिनेट बाँकी रहँदा अल नासर खेलमा बराबरी गोल गर्न सफल रह्यो सुल्तान अल-घानमले ८८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । थपिएको अतिरिक्त समयको छैटौं मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अघि बढाए ।

 

त्यसको दुई मिनेटपछि मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे । पराजित अल-अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

 

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...