बुधबार अपरान्ह ३ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित
वि.सं.२०८० भदौ ५ मंगलवार १६:१२
1.4K
shares
काठमाडौं: मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो । गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ ।
वि.सं.२०८० भदौ ५ मंगलवार १६:१२




















