YouTube Link

समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन: नेपाल

Facebook Link

 

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

 

आजबाट सुरु भएको केन्द्रीय कमिटीमा ३९ पृष्ठ लामो प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले पछिल्लो गठबन्धन, पार्टी विद्रोहको महत्व, पार्टीमा बढ्दै गएको निराशा र वाम एकता लगायतका विषयमा चर्चा गरेका छन् ।

 

अध्यक्ष नेपालले तत्काल वाम एकता असम्भव रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘नेकपा (माओवादी केन्द्र) र जसपा लगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौँ । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन,’ उनले भने, ‘पार्टी एकता हुनका निम्ति पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्दछ ।’

 

साझा कार्यक्रम मोर्चाबाट गरिन्छ भने पार्टीका आफ्ना कार्यक्रम स्वतन्त्र रूपमा चलिरहने उनले बताएका छन् । ‘समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन । मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन । मोर्चामा रहँदैमा पार्टीको स्वतन्त्र अस्तित्व समाप्त हुने होइन,’ उनले भनेका छन्, ‘मोर्चामा रहेको बेलामा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहन्छ र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलाप स्वतन्त्र रूपमा सञ्चालन गरिरहन्छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...