YouTube Link

सीआईबीद्वारा चितवनमा एमबीबीएस अध्ययनरत नक्कली सर्टिफिकेटको आरोपमा एक विद्यार्थी पक्राउ

Facebook Link

 

चितवनः नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरिएको छ ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई राति चितवनबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

 

‘सीआईबीले अनुसन्धान गरेको विषयमा हामीसँग त्यस्तो कुनै विवरण हुँदैन,’ उनले भने, ‘हामीलाई सो विषयको बेहोरा जानकारी गराएर पक्राउका लागि सहजीकरण गर्न सीआईबीले निर्देशन दिएको थियो । सोही आधारमा राति नै पक्राउ गरेर सीआईबीको जिम्मा लगाएर काठमाडौं पठाइसकेका छौं ।’

 

नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता पण्डितको भनाइ छ । उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

 

उनले आईएस्ससी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको हो । एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएस्ससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...