YouTube Link

नवलपरासीका दुई छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु, १६ जना घाइते

Nepali Sena Suvakamana Dashain
Facebook Link

नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते छन् । नारायणढ-बुटवल सडक खण्डको कावासोती नगरपालिका खरकट्टा जंगलमा गएराती कार र ट्रक ठोकिदा पाँच जनाको मृत्यु भएको हो । मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१ का दीपक वि.क., वडा नं. ५ का डिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्यको सनाखत हुन सकेको छैन । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५३२ नम्बरको ट्रकसँग कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कारसँग ठोकिएको हो ।

दुर्घटना हुने समयमा हावाहुरीसहित पानी परेको हुनाले तिव्र गतिमा रहेको कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न दुई घण्टा लागेको प्रहरीले जनाएको छ । त्यसैगरी, मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा गएराती भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना. ७ ख ८६४२ नम्बरको यात्रुबहाक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षिय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तिमिल्सिनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाईते १६ जनाको नवलपुर, कालीगण्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...