YouTube Link

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

Facebook Link

 

काठमाडौं: वाणिज्य बैंकहरुले साउनको तुलनामा केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएर सार्वजनिक गरेका छन् ।

 

बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर कायम हुने निर्धारण गरेका हुन् । यद्यपि, केही बैंकहरुले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

 

आगामी भदौमा बैंकहरुले व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । संस्थागततर्फ भने ८.८९६ प्रतिशत ब्याज दिने भएका हुन् । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने उपलब्ध नभएकाले समावेश गरिएको छैन ।

 

प्रकाशित नयाँ ब्याजदर अनुसार नबिल बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा नबिलले बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत ब्याजदर र व्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

यस्तै, हिमालयन बैंक र नेपाल एसबिआईले पनि भदौमा संस्थागत तर्फ ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

 

साउन महिनाको तुलनामा भदौमा एनएमबि बैंक, एनआईसी एशिया, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकले ब्याजदर घटाएका छन् । भदौमा एनएमबि बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, एनआईसी बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

साउनको तुलनामा भने ग्लोबल आइएमई, एभरेष्ट, प्रभु, सिद्धार्थ, सिटिजन बैंक, कुमारी, सानिमा, लक्ष्मी सनराइज, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर बढाएका छन् ।

 

भदौ महिनाका लागि ग्लोबल आइएमईले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत, एभरेष्ट संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, प्रभुले एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत, सिद्धार्थले ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत, सिटिजनले संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

यस्तै, कुमारी, सानिमा, कृषि विकास र नेपाल बैंकले भने समान संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् । त्यसैगरि माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ १०.४ प्रतिशत प्रतिशत ब्याज प्रदान गर्ने उल्लेख गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...