YouTube Link

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापन सम्बन्धि “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” लागू, यस्तो छ नयाँ ब्यवस्था

Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागू भएको छ ।

 

“प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो ।

 

तालिम पश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् ।

 

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।

 

पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्ड बमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।

 

यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनैपनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ । पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...