दोस्रो सेमिफाइनलमा आज घरेलु मैदानमा इङल्याण्डलाई हराउँदै अस्ट्रेलिया फाइनल पुग्ने रणनीतिका साथ मैदान उत्रदै
वि.सं.२०८० साउन ३१ बुधवार ०६:४९
1.7K
shares
एजेन्सी: फिफा महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इङल्याण्ड भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पाउने ४ बजे सिडनीमा शुरु हुनेछ ।
इङल्याण्ड विश्वकपमा लगातार तेस्रो पटक सेमिफाइनल खेल्न लागेको हो । फिफा बरियतामा इङ्ल्याण्ड चौथो र अष्ट्रेलिया १० औँ स्थानमा छन् । अस्ट्रेलिया घरेलु मैदानमा इङल्याण्डलाई हराउँदै फाइनल पुग्ने रणनीतिमा छ ।

आजको विजेताले स्पेनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै स्पेन फाइनलमा पुगेको छ । आज पराजित हुने टोलीले तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ ।

वि.सं.२०८० साउन ३१ बुधवार ०६:४९



















