YouTube Link

हेर्नुहोस् आज २०८० साउन ३१ गते बुधबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहाेला। पछिका लागि काम गर्न सकिनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर कामको मेसो नमिल्दा पछि परिनेछ। सहयाेगीले साथ दिन छाड्नेछन् र काम बिग्रने भयले सताउनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को,

आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर सहयोगीहरूकाे भरपर्दा पछि परिएला। आगन्तुकहरूले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। साँझतिर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ। तत्काल सोचेको लाभ भने नउठ्न सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लगानीकाे जाेहाे गर्नुपर्ने समय छ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। पेसा–व्यवसायमा कम फाइदा हुनेछ। साँझतिर धनमाल हराउने तथा आर्थिक हानि हुने समय रहेकाले सतर्कता अपनाउनुहोला।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाट उपलब्धिमूलक रहनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ। मिहनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर व्यापार बढ्नेछ, आयस्राेत सबल बन्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। राेकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य कमजोर रहनेछ भने काममा साेचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। किनमेलमा अधिक खर्च हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला। गाेप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, सजग रहनुहोला।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो,

प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। राेकिएकाे काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रु र राेग परास्त हुनेछन्। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला। अरूका लागि धन र बुद्धि खर्चनुपर्ला। आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...