YouTube Link

म निर्दोष छु, आत्तिएको छैन, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ, अलिकति चित्त दुखेको छ: माधव नेपाल

Facebook Link

 

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरण छानबिनमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन् ।

 

युरोप भ्रमण गरी स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले ललिता निवास जग्गा प्रकरण छानबिनमा सहयोग गर्ने बताए ।

 

‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस् । त्यसमा मेरो तर्फबाट गर्नुपर्ने सहयोग हुन्छ, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ,’ अध्यक्ष नेपालले भने । प्रधानमन्त्री हुँदा आफूले ‘असल मनसायले नेपाल सरकारको जग्गा, नेपाल सरकारको नाममा हुनुपर्दछ’ भनेर केही काम गरिएको उनको भनाइ छ ।

 

‘कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ,’ उनले भने, ‘त्यो काम गर्दा सरकारी जग्गा र अन्य जग्गा कानूनसम्मत ढंगले छुट्याएर गर्ने भनिएको थियो । बाटोका सन्दर्भमा कसैलाई मुआब्जा र सट्टाभर्ना नगरिकन ७ रोपनीभन्दा बढी जग्गा सरकारको नाममा ल्याइएको थियो । तर त्यहाँ मोहीका जग्गा पनि आएको कुरा आएको छ ।’

 

आफू प्रधानमन्त्री हुँदा ललिता निवासमा झमेलावाला जग्गा भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन् । उनले निर्दोष कोही नपर्ने र दोषी कोही नछुट्ने गरी छानबिन गर्नुपर्ने पनि बताए । आफूले केही अपराध र भ्रष्टाचार नगरेको उनले बताएका छन् ।

 

‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन । कुनै अपराध गरेको छैन,’ उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन । कुनै लेनदेन गरेको छैन । म आत्तिएको छैन । तर अलिअलि चित्त दुखेको छ । देशका लागि केही गर्छु भनेको हो ।’

 

ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...