YouTube Link

प्रधानमन्त्री प्रचण्डले गरे ७ महिनामा १२ पटक मन्त्रिपरिषद हेरफेर

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए । पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए ।

 

प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ ।

 

पछिल्लो पटक प्रधानमन्त्री दाहालले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका हुन् । माओवादीबाट मन्त्री रहेका अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएर दाहालले उक्त मन्त्रालयमा जनमत पार्टीकी साहलाई जिम्मेवारी दिएका हुन् ।

 

नवनियुक्त मन्त्री साहले सोमबार बिहान शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएर सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणसमेत गरेकी छन् । अहिलेको सरकारमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...