Texas College
YouTube Link

ललितपुर अदालतबाट स्टे अर्डर लिने र प्रशासन धाउने मिटरब्याजी बढे

मिटरब्याजको मुद्दा परेपछि ललितपुरका मिटरब्याजीहरु फन्दामा

Facebook Link

 

काठमाडौं: ललितपुरका मिटरब्याजीहरुलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही थालेको छ । प्रशासनले रविन्द्र चौलागाँई लगायत विभिन्न मिटरब्याज पिडित व्यक्तिहरुको फाइल अघि बढाइएको छ ।

 

मिटरब्याजबाट ललितपुर जिल्लामै सबैभन्दा बढी पिडित देखिएका चौलागाई समस्यामा रहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत हुन् । यो सहकारी समस्यामा पर्नुमा मिटरब्याजीको भुमिका मुख्य रहेको देखिएको छ । चौलागाँई लगायत जिल्लाका अन्य पिडितहरुलाई डुबाउने ललितपुरका मुख्य मिटरब्याजीहरु यस्ता छन् ।

 

 

रवि मर्हजनः ललितपुर सुनाकोठीका महर्जन ४ बर्ष अघिसम्म सामान्य रेष्टुरेन्टमा काम गर्थे । यसबीचमा मिटरब्याजकै धन्दाका कारण उनको सम्पती थुप्रिएको स्रोतले बताएको छ । उनको हाल भैसेपाटीमा ३ रोपनी जग्गामा घर, खोकनामा ५ रोपनी जग्गामा कर्मा क्रष्ट्रक्सन रहेको सिमेन्ट तथा डन्डी बेच्ने कम्पनी, टाटा कम्पनीको टिपर ३० ओटा, टोयोटा कम्पनीको फचुनर गाडी, गुडवील सहकारीका अध्यक्षले चढ्ने पजेरो गरी करिव एक अर्बको सम्पती उनको नाममा रहेको स्रोतले बतायो । ०७६ सालमा डुबेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ र देउरालीका अध्यक्षलाई केही नगद दिइ उक्त नगद डन चक्रे मिलनको हो भनी दैनिक करोडौ लिएर खुलेआम हिँडिरहेका छन् ।

 

सिताराम राउतः गुडवील सहकारीका मेनेजर उक्त संस्थाको बचतकर्ताको करिव एक अर्ब बचत हिनामिना गरी भागेको बताइन्छ । उनको नाममा गुडवील सहकारीको एक अर्ब हिनामिनाको आरोप छ । जेलमा परेका उनी धरौटीमा छुटी बचतकर्ताको बचत फिर्ता नदिइ आफना आफन्तजनहरुसँग मिलि जनप्रिय सहकारी खोलेका छन् । उनले आफना दिदी भिनाजुसँग मिलि करेन्ट गुट्खा नाम गरेको कम्पनी खोलेर राज्यको करोडौ कर छलिरहेका स्रोत बताउँछ । देउरालीबाट कर्जा लिइ लिएको टोयटा गाडीको करिव ३ करोड ५० लाखको भिएक्स सेतो र कालो दुइ वटा गाडी, मिट्सुविसिको पजेरो, स्र्पोट गाडी सहित करिव ५० करोड बरारको नगद देउरालीबाट लिएको चौलागाँइ बताउँछन् ।

 

देबेन्द्र आर्चायः न्युरोडको मख्खनमा रहेको देविवास र किर्तिपुरको पाँगा बसपार्कमा रहेको ज्वालादेवि सहकारीका अध्यक्ष देबेन्द्र आचार्य, शैलेन्द्र शर्मा (टिपटप समोसा साहु), बासु श्रेष्ठ, हार्वेष्ट मुन ट्रावलको साहु र हार्डवयर ब्यापारी विक्रम बानियाँ मिलि दुई वटा नै सहकारीको पैसा मिटरब्याजमा लगाई अरबौ कमाएर जनतालाई फिर्ता नदिएका हुन् । उनले देउराली सहकारीलाई पनि केही नगद दिइ २४ करोडको ५ रोपनी जग्गा र नगद ३० करोड मिटरब्याजमा खाएका छन् । अहिले हार्वेष्ट मुनका राम श्रेष्ठ, आफना भाइ लगायत ४ जना मिटरब्याजीलाई बचाउन राजनीतिक दलका नेता मन्त्री नै लागि परेको पाइएको छ ।

 

सञ्जय अधिकारी, मोहन घिमिरे र विशाल भारी: सञ्जय अधिकारी रेमण्ड सुटका साहु हुन् । जसले समाजमा अपराधिक घटना घटाउने जस्तै उपेन्द्र देवकोटाका छोरी अपहरण गर्ने ब्यक्ति राजु थापा लगायतका विभिन्न ब्यक्तिहरुको साथमा लिइ देउराली सहकारीको १५ करोड नगद मिटरब्याजमा दिएको पुष्टि भएको छ भने मोहन घिमिरे, विशाल नारायण भारी मिलि गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, न्युरोडमा रहेका जयन्ती कम्प्लेसका साहु खगेन्द्र पुनमगर, तारामैया गुरुङले देउराली सहकारीका अध्यक्ष चौलागाँइबाट करौडो नगद मिटरब्याजमा चलाएर लिएको पुष्टी भइसकेको छ ।

 

रुविन मर्हजन: ललितपुर भैसेपाटी निवासी रुविन मर्हजन ललितपुर उद्योग वाण्ज्यि संघ पूर्व अध्यक्ष रुपेस मर्हजनका आफनै भाइ हुन् । जो आफुलाई ललितपुरको गुण्डा र पुलिस प्रशासन आफनो हातमा छ भनी देउराली सहकारीबाट १५ करोड नगद मिटरब्याजमा लिइ अहिले आफु बच्नलाई ललितपुर उच्च अदालतबाट स्टे अर्डर लिइ पुलिस प्रशासन धाइरहेका छन् । यी मिटरब्याजीहरुलाई गृह मन्त्रालय र हालसालै पारित भएको मिटरब्याजी ऐन सम्बन्धी निकायले चलनचल्तीको ब्याजबाहेक अरु सम्पती र नगद फिर्ता गराइ कडा कार्वाही हुने भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...