Texas College
YouTube Link

विमानस्थल भन्सारका कर्मचारीहरुको ठूलो समूह नै तानिँदै

Facebook Link

 

काठमाडौं: हङकङबाट आएको सय किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरुको ठूलो समूह तानिने भएको छ ।

 

तस्करीको सय किलो सुन पास गराउने काममा भन्सारका चार सिफ्टमा काम गर्ने करिब २० जना कर्मचारी प्रत्यक्ष संलग्न देखिएका भन्सार विभागले तयार गरेको आन्तरिक छानबिन प्रतिवेदन मस्यौदामा उल्लेख छ ।

 

गत साउन ४ गते विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले प्रतिवदेनको मस्यौदा तयार गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

 

विभागको मुख्य अध्ययन सुन त्यसरी छुट्नुमा मानवीय कमजोरी जिम्मेवार हो कि प्राविधिक त्रुटि भनेर छुट्याउनमा केन्द्रित छ । मानवीय त्रुटि देखिएमा त्यसमा संलग्नहरु मुछिने पक्का हुन्छ ।

 

तर विभागका महानिर्देशक पौडेलले कतिपय विषयमा मानवीय त्रुटि देखिएकै आधारमा सबैलाई तस्करीमा संलग्न भनेर मुछ्न नहुने बताए । ‘पास गर्ने क्रममा नजानेको हुन पनि सक्छ। त्यो विषय पनि हेर्नुपर्ने हुन्छ । तर अनुसन्धानको लागि भने भन्सार विभागले जुनसुकै हिसाबले पनि सहयोग गर्छ,’ उनले भने ।

 

साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार पास भैसकेको अवस्थामा सय किलो सुन समातेको थियो । सुन पास हुनुमा प्राविधिक नभई मानवीय कमजोरी नै जिम्मेवार देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

 

प्रतिवेदनमा भनिएको छ, ‘एक्सरे मेसिनको गल्ती छैन। सुन पास भएको छ। त्यसमा कर्मचारीहरुको जाँच नै कमजोर भएको छ ।’ रेडी ट्रेड प्रालिको प्रज्ञापन पत्रमा ल्याइएको मोटरसाइकलको ब्रेक सुमा सुन ल्याएको थियो ।

 

प्रतिवेदनमा भनिएको छ, ‘प्रज्ञापन पत्र एजेन्ट यादव पराजुलीको भन्सार एजेन्ट नम्बर ७८२ बाट भरिएको छ । आयातकर्ता रेडी ट्रेड प्रालि उल्लेख छ । निकासीकर्ता जैनमेन एन्टोङ ट्रान्सपोर्टेसन सर्भिस प्रालि हङकङ देखिएको छ ।’

 

जुलाई १३ मा चलान भएको उक्त सामान भन्सार गोदाममा असार ३० गते आएको देखिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘३६ काटन ब्रेक सु आयात भएकोमा असार १० गते ८ काटन जाँच पास भएको र बाँकी गोदममै थियो ।’ उक्त कम्पनीको समान पास गराउन भन्सारका करिब २० जना कर्मचारी संलग्न भएको देखिएको छ ।

 

‘उक्त कम्पनीको सामान पास गराउन ४ सिफ्टका फरकफरक कर्मचारी प्रयोग भएका छन् । जसमा हस्ताक्षर गर्ने नै १५ जना कर्मचारी छन्। थप ५ जना कर्मचारी संलग्न भएको हुनसक्छ,’ प्रतिवेदनमा उल्लेख छ । राजस्व अनुसन्धान विभागले प्रत्यक्ष संलग्न हुने सबै कर्मचारीहरु पहिलो घेरामा रहेको बताएको छ । जस अनुसार ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरिसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...