YouTube Link

१४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष

Facebook Link

 

काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूसँग पर्याप्त प्रमाण रहेको भन्दै प्रहरीले मुद्दालाई निष्कर्षमा पुर्‍याउने बताएको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गर्दै यो मुद्दामा हदम्यादको द्विविधा नरहेको प्रष्टीकरण दिएको छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले यसअघि सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आइसकेपछि अनुसन्धानमा ब्युरोको ठूलो मेहनत परेको बताइन् । उनले भनिन्, ‘सीआईबीले लामो समय अनुसन्धान गरेको छ । मुद्दा दर्ता हुन्छ । हदम्यादको द्विविधा छैन ।’

 

सानोतिनो मुद्दामा पनि चलखेल र दबाब स्वाभाविक हुने भएपनि आफूहरूसँग त्यस्ता दबाब दिनेलाई जवाफ दिन पर्याप्त प्रमाण र आधार रहेको बताइन् । यस प्रकरणमा हाइ प्रोफाइलमाथि कारबाहीसम्बन्धी पत्रकारको जिज्ञासामा बज्राचार्यले भनिन्, ‘अपराधमा संलगन्ता कति छ भन्ने महत्वपूर्ण रहन्छ । त्यसको आधारमा हाम्रो टीमले अनुसन्धान अघि बढाउँछ ।’ उनले मुद्दामा कतैबाट पोल्टिकल प्रेसर महसुस नगरेको बताइन् ।

 

एसएसपी दिनेश आचार्यले २०४७ पछिको चरणचरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष सुनाए । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको उनले जानकारी दिए ।

 

‘मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था छैन । यसमा हदम्याद असीमित हुन्छ । सरकारी जग्गामा मोही, गुठी कोही हुँदैनन् । तत्कालीन समयमा सरकारले अधिग्रहण गरेको जग्गा हो’, आचार्यले भने ।

 

अहिले यो प्रकरणमा मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेको भन्दै अनुसन्धान जारी रहेको उनको भनाइ थियो ।

 

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दा विचाराधीन छ । करिब ४ सय जनालाई प्रतिवादी बनाएर सीआईबीले लगेको मुद्दा हदम्याद गुज्रिएको भन्दै तत्कालीन महान्यायाधिवक्ता खम्म खातीले ठगीमा मुद्दा चल्न नसक्ने भनी फाइल बन्द गरेका थिए ।

 

त्यस्तै सरकारी कागजात कीर्तेको आरोपमा पनि अनुसन्धान भएर मुद्दा दयार भएको थिएन । कीर्ते मुद्दामा हदम्याद नलाग्ने भन्ने भएपछि बालुवाटार प्रकरणका सीआईबीले फायल खोलेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...