YouTube Link

धर्मराज-सावित्री थापा पुरस्कार साउन १ गते समर्पण गरिने

Facebook Link

 

काठमाडौं: यस वर्षको धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार नेपाली साहित्य र लोक संस्कृतिको श्रीबृद्धिमा निरन्तर समर्पित भई राष्ट्रिय क्षेत्रमा विभिन्न माध्यमबाट विशेष योगदान गरेवापत संस्कृतिविद्-साहित्यकार तेजेश्वरबाबु ग्वंग र धर्मराज-सावित्री थापा लोकगीत-संगीत पुरस्कार नेपालको लोकगीत-संगीतको श्रीबृद्धिमा विगत ४० वर्षदेखि निरन्तर समर्पित बमबहादुर कार्की र शिवा आलेलाई संयुक्त रुपमा समर्पण गर्ने निर्णय भएको छ ।

 

जनकविकेशरी धर्मराज थापाको वार्षिक स्मृतिसभा एवं पुरस्कार समर्पण कार्यक्रम प्रत्येक वर्ष नियमित रुपमा सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि २०८० साल साउन १ गतेबाट शतवार्षिकीको रुपमा पुरस्कार समर्पणसहित विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी जनकविकेशरी धर्मराज थापाको वार्षिक स्मृतिसभा र जन्मजयन्ती मनाउने निर्णय भएको बताइएको छ ।

 

जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा बसेको बैठकले नगद र सम्मानपत्र सहितको धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार र लोकगीत-संगीत पुरस्कार २०८० साल साउन १ गते विशेष समारोहको आयोजना गरी समर्पण गर्ने निर्णय गरेको जानकारी साहित्यकार दुर्गाकिरण तिवारीले दिनुभयो ।

 

स्मरणीय छ, नेपाली लोक संस्कृति, साहित्य, लोकगीत-संगीत, कला, भाषाका विधामा आफूलाई समर्पित गर्ने अनवरत साधनारत विशिष्ठ साधक-सर्जकहरुलाई उनीहरुको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार सम्मानपत्र सहित जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले प्रत्येक वर्ष पुरस्कृत र सम्मानित गर्ने गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...