अख्तियार टोली पशुपतिमा, जलहरी सुनको नाप तौल गरिँदै
वि.सं.२०८० असार १० आइतवार १७:१८
2.4K
shares
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच गर्न पशुपति परिसर पुगेको छ ।
निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली पशुपतिनाथ पुगेको हो ।
आइतबार अपराह्न अख्तियारको टोली जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्र खाली गराइएको थियो । त्यस क्षेत्रमा नेपाली सेनालगायत सुरक्षाकर्मीहरुले सुरक्षा गरिरहेका थिए ।
जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो । मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरेर नाप्ने भएको छ ।
वि.सं.२०८० असार १० आइतवार १७:१८



















